समाचार

केजी अस्पताले बचायो अत्यन्त जोखिममा रहेकी सुत्केरी र बच्चाको ज्यान 



धनगढी, १० असोज । धनगढीको केजी अस्पताल प्रालीले अत्यन्त जोखिममा रहेकी एक सुत्केरी महिला र बच्चाको ज्यान बचाएको छ । दुइ पटक अप्रेसन मार्फत र एक पटक सामान्य  गरी ३ बच्चा जन्माइसकेकी र  चौथो बच्चा जन्माउन अस्पताल पुगेकी धनगढी–३ नवदुर्गा टोल बस्ने २६ वर्षीय नर्गिस खातुनको ज्यान बचाएको हो । अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. सोनी कठायत सिंह र वरिष्ठ ल्याप्रोसकोपीक सर्जन डा. दीपक सिंह सहितको टिमले उनको सफल शल्यक्रिया गरेर ज्यान जोगाएको हो । 

‘गर्भमा रहेको चौथो बच्चाको डेलिभरी गराउने उद्देश्यले उनीको श्रीमान सहित हाम्रो अस्तपालामा आएका थिए– शल्यक्रियामा संलग्न अस्पतालका वरिष्ठ ल्याप्रोसकोपीक सर्जन डा. दीपक सिंहले भने, ‘उनको पहिलो बच्चा योनी बाट ( भेजाइनल डेलिभरी ) दोस्रो र तेस्रो बच्चा शल्यक्रिया वाट भएकोले चौथो बच्चापनी शल्यक्रिया वाट बाट गराउनुपर्ने  र शल्यक्रिया पछि अत्यधिक रक्तस्राव भई नरोकिएमा बिरामीको ज्यानको सुरक्षाको निम्ति पाठेघर नै निकाल्ने अवस्था आउन सक्ने अत्यन्त जटिल अवस्था थियो तर सबै उपाय अपनाएर शल्यक्रिया सफल भयो डा. सिंहले भने ।’ 

शल्यक्रियाको क्रममा बच्चा निकालिएपछि पाठेघर सिलाउने प्रयास गर्दा पूर्ण शल्यक्रिया गर्दा चिरा लगाएको स्थानमा अपेक्षित सङ्कुचन नभएर दुइ पटक सिलाउने प्रयास गर्दा पनि  रक्तस्राव नरोकिएकाले बिरामीका श्रीमान र परिवारका  सदस्यहरूको सहमतिमा पाठेघर समेत झिक्नु परेको डा. सिंहले बताए । ’

शल्यक्रिया पछि सघन उपचार कक्षमा राखी २ पोका रगत थप चढाएर  उपचार लाइ  निरन्तरता दिइएपछि अहिले  जनरल वार्डमा सारिएको  डा. सिंहले जानकारी दिए । चिकित्सकका अनुसार अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ । ‘सुरुमा त बिरामीको अवस्था जटिल देख्दा के गर्ने भन्ने दुबिधामा हाम्रो टिम थियो, तर आमा र बच्चाको ज्यान जोखिममा  देखेपछि परिवारको आग्रहमा शल्यक्रिया गर्ने निर्णय गर्यो सफल भयो डा. सिंहले भने ।’ धनगढीको केजी अस्पतालले यस अघि पनि यस्ता जटिल प्रकारका शल्यक्रिया सफलता पूर्वक गरेको डा. सिंहले जानकारी दिए ।