काठमाडौँ, १२ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति कोशी र मधेस प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्