Banner News

बझाङ भूकम्पका प्रभावितलाई रास्वपाको उद्धार र राहत माग



काठमाण्डौ,१६ असोज । बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले माग गरेको

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको छ भने जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।