राजनीति

गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ : रघुजी पन्त



काठमाडौँ, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् ।

उनले भने, खल्तीमा तलब हालेर हिँड्यो बजार 

चामलको बोराले नाघ्यो ३ हजार 

रहर दाल किलोको दुई सय पचास 

बजार भाउ सुन्दा गुम्छ होस हवास् 

तरकारीले भाउ नै नसोध भनेझै गर्छ 

गोलभेँडाले के किन्छ र तैँले भनेर आँखा तर्छ 

दसैँ पेश्की आउने कहिले कहिले 

पेश्कीमा दसैँ महँगी आयो

सरकारका घर त उज्याला होलान् 

नहुनेको घरमा अहिले नै अँध्यारो छायो 

आउन थालेको दसैँ सम्झेर जनता मुर्छा पर्छ 

सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ 

मेरो प्रश्न छ सरकार

गरिबको दसैँ यसपालि कसरी टर्छ