मनोरञ्जन

प्रेम गीत सार्बजनिक



काठमाडौं, २० माघ । सरस्वती पूजाको अबसर पारेर यूबि फिलीम ग्यालरीको ब्यानरमा निर्माण गरेको गीत हावा सगैं… सार्बजानिक भएको छ । गायक तथा संगितकार डिपि निरेशाको स्वर तथा संगित रहेको गीत सार्वजनिक भएको हो ।

हावा सगैं… बोलको गीत नजिकिँदै गरेको प्रणय दिवसका लागि लक्षित रहेको बताए । गीत प्रेम गर्ने जोडीहरुलाई लक्षित गरेर निर्माण गरिएको गीतको म्यूजिक भिडियोमा गणेश अधिकारी र यनि कुँवरको अभिनय रहेको छ । युवा निर्देशक भोमन कटुवालले निर्देशन गरेको भिडियोको जनक चौधरीले छांयाकन गरेका छन् ।

यो प्रेमीहरुको गीत भएकाले आँउदै गरेको प्रणय दिवसमा प्रेमी जोडीहरुलाई लक्षित गरेर निर्माण गरिएको निर्देशक कटुवालले बताए ।