Banner News

तानसेन नगरपालिकामा एमाले काअशोककुमार शाही विजयी



पाल्पा, १८ असार । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ ।

प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय हुनुभएको छ । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गर्नु भएको थियो ।