सम्पादकीय

पेट्रोलियम पदार्थको मूल्य घट्यो :निगमलाई अझै ४० करोड नाफा



काठमाडौं, १९ असार । नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ ।

इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, मट्टीतेलमा १८ रुपैयाँ नाफा छ ।

यस्तै निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा रहेको कारोबारमा समाचार छ ।