Banner News

विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था छैन : विश्वप्रकाश शर्मा



काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए ।यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन ।  त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।

देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ ।