समाचार

प्रहरीद्वारा भूकम्प पीडितको नाममा सहयोग माग्नेहरुको आधिकारिकता ख्याल गर्न आग्रह



काठमाडौँ, १८ कार्तिक । नेपाल प्रहरीले भूकम्प पीडितको नाममा सहयोग माग्नेहरुको आधिकारिकतामा ख्याल गर्न आग्रह गरेको छ ।

भूकम्प पीडितलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघ संस्थाहरु आधिकारिक हुन् या होइनन् भन्ने निश्चित गरेर मात्रै सहयोग गर्न प्रहरीको आग्रह छ ।