काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ ।
बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बस्ने राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई शनिबार सर्कुलर समेत गरेको थियो । शनिबार दिउँसो नै उपाध्यक्ष मुकुन्दश्याम गिरी नेतृत्वको टोली सुर्खेतबाट जाजरकोट पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्