काठमाडौँ, २६ कार्तिक । जुवातास खेल्ने/खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ ।
दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ ।
दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्