काठमाडौँ, २९ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
यस्तै, आकस्मिक चिकित्सकीय समूह (EMT), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (BEMT) लगायतका सेवाहरूलार्ई तयारी अवस्थामा राखी सम्पूर्ण अस्पतालहरूका आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता गर्न उनको निर्देशन छ ।
पर्वको समयमा स्वास्थ्य सेवा र जानकारी आवश्यक आवश्यक परेको खण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बरहरू १११५ र ११३३ मा सम्पर्क गर्न उनको सुझाव छ । यस्तै, भाइटीकाको बेलामा असन्तुलित खानपान र जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुन उनको सुझाव छ । तिहारमा सेतो मासु, फलफूल र रेशादार खानेकुराहरू खान उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्