सम्पादकीय

नेपाली ग्यास बुलेटमा भारत तगारो



काठमाडौं, २१ असार । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।

नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले
घुमाउरो पाराले अस्वीकार गरेकी छिन्, नागरिकमा समाचार छ ।