अर्थ

सात दिनभित्र सडक बत्तीको महसुल तिर्न प्राधिकरणको निर्देशन



काठमाडौँ, ६ मंसिर । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । 

आज एक सूचना जारी गर्दै सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।