जुम्ला, ६ मंसिर । कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला (विक) कामीको ढुंगा लागेर घाइते भइ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।
कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्