सम्पादकीय

रेडक्रसमाथि छानबिन हुदैः कोषको रकमले कार



काठमाडौं, २ माघ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनर्स्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानविन गरिने भएको छ ।

भूकम्पपछि राहत, उद्धार तथा पुनर्स्थापनामा सक्रियरुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर, उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

अस्थायी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलब भत्तालगायत शीर्षकमा जथाभावी खर्चिएको सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्न लागेको आजको नागरिकमा समाचार छ ।