समाचार

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु



दैलेख, ११ मंसिर । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।  

उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भएको हो । सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।