Banner News

रास्वपाको पार्टी स्थापनायताकै बृहत बैठक जलेश्वरमा



काठमाण्डौ,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ ।पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो । बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची छ ।
सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन् भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।
संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् ।