काठमाडौँ, २० मंसिर । सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा २१ हजार ५५५ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् । सहुलियतमा उपचार गरिने आठ रोगमध्ये सबैभन्दा कम अल्जाइमर्सका बिरामी ३५ जना छन् । हेमोडायलायसिस सेवा सात हजार ४४९, मुटुसम्बन्धि रोगमा ६ हजार ९३६, सीकलसेल एनिमियाका एक हजार ५६१, स्पाइनल इन्जुरीका एक हजार २३९, हेड एन्जुरीका ७६१, मिर्गौला प्रत्यारोपणका ४३२ र पार्किन्सन्स्का ७९ जना बिरामीले सेवा लिएको विभागको तथ्यांक छ ।
उक्त आर्थिक वर्षमा ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’मा सरकारले दुई अर्ब ४३ करोड ६९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्