मोसुल, इराक, २२ असार । इराकमा अवस्थित मोसुलको पूरानो सहरको सानो इलाकामा अझै पनि करिब ३ सय इस्लामिक स्टेट्स आइएस आतङ्ककारीहरू बाँकी रहेका त्यहाँका सैनिक कमाण्डरहरूले बुधबार जानकारी दिएका छन । यसैबीच पश्चिमी मोसुलको केही भागमा अझै पनि भीषण झडप जारी रहेको छ ।
मोसुलको पूरानो सहर टिग्रीस् नदीनजिकै सानो इलाकामा आइएस आतङ्ककारी समूहका करिब ३ सय आतङ्ककारी लडाई जारी राखेको अनुमान गरिएको मेजर जनरल समी अल आरीधीले बताउनु भएको छ । यद्यपी सैनिक स्रोतले संबादाताहरूलाई दिएको जानकारी अनुसार इराकीबलले मोसुल सहरको सानो इलाका कब्जा लिनको लागि थप प्रयास जारी राखेका छन् ।
गत मङगलबार इराकी सैनिक कमाण्डरले आइएस आतङ्ककारी समूहबाट इराकको मोसुल सहर पूर्ण स्वतन्त्रताको घोषणा दुई दिनभित्र हुने बताएका थिय ।
इराकको राजधानी मोसुलबाट करिब ४ सय किलोमिटर उत्तरमा रहेको मोसुल सहर सन् २०१४ को जुनमा आइएस आतङ्ककारी समूहले कब्जामा लिएका थिए ।
यद्यपी सरकारी बलको अथक प्रयासबाट मोसुल सहरको उत्तर र पश्चिम क्षेत्रका कैयौ भागहरू सरकारको नियन्त्रणमा आईसेकेको छ । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्