मनोरञ्जन

काठमाडौंमा ब्रिटिस गायक जे सनको कन्सर्ट



काठमाडौं २२ असार ।बेलायतका चर्चित अंग्रेजी गायक जे सन काठमाडौंको दरबारमार्गस्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार बेलुका एकल कन्सर्टका साथ प्रस्तुत हुनेछन् । २८ असार बेलुका ७ बजेबाट सुरु हुने कन्सर्टमा सुरुको चार घण्टा नेपाली डीजेहरूको सेसन रहने र त्यसपछि राति ११ बजेबाट जे सन प्रस्तुत हुनेछन् ।
सामाजिक सञ्जाल फेसबुकमा ७० लाख र ट्वीटरमा ४० लाखभन्दा बढी फलोअर भएका जे सनले काठमाडौंको सांगीतिक साँझमा राइड इट‘, डान्स विद यु‘, स्टे‘ ह्वेर यु डु गो‘, मेक माई लभ‘, स्टोलन‘, डाउन डाउन‘, आई एम अल योर्स‘, लाइक दिस लाइक द्याट‘ सहित आफ्ना डेढ दर्जन हिट गीत गाउनेछन् ।

‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जे सन सन् २००९ देखि सन् २०१२ सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन् २००८, २००९ र २०११ गरी तीनपटकसम्म बेलायतकै उत्कृष्ट बीएमआई सङ साइटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुईपटकसम्म उत्कृष्ट १० गायकभित्र पर्न सफल यिनैकलाकार काठमाडौंमा प्रस्तुत हुन लागेको हुन् ।राजधानी समाचारदाता

आयोजक संस्था युहान इन्टरनेसनलले बुधबार दिउँसो काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा सो जानकारी गरायो । युहान इन्टरनेसनल इभेन्ट्सले ‘ब्लाक रिलिजन’ सांगीतिक शृंखलाअन्तर्गत पहिलो शृंखलामा जे सनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको पत्रकार भेटघाटका क्रममा युहानका प्रबन्ध निर्देशक सानु खानले बताए ।खानका अनुसार जे सन सांगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिमसहित २७ असार बेलुका काठमाडौं आउनेछन् ।