काठमाण्डौ २९ मंसिर । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको हो ।
यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ।
बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
15 December 2023 16:41 PM










प्रतिक्रिया दिनुहोस्