किभ, १ पौष । युक्रेनले युरोपेली संघ (ईयू)को सदस्य बन्नका निम्ति दुई हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।
“आउँदा वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ,” सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।
त्यसका निम्ति लगभग २८ हजार ऐन अध्ययन गरिएको र तीमध्ये २३ हजारचाहिँ सदस्यता वार्ता प्रक्रियाका निम्ति आवश्यक नरहेको उनले बताएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्