सम्पादकीय

सरकारी कर्मचारीको हैट ! के साह्रो बैठक ?



काठमाडौं, २१ माघ । तपाईं नेपालका कुनै पनि सरकारी कार्यालयमा फोन गरेर कुनै मान्छेलाई खोज्नुस्, रेडिमेड जवाफ पाइन्छ उहाँ मिटिङ (बैठक) मा हुनुहुन्छ ।

सबै जसो मन्त्रालय र सरकारी कार्यालयका प्रमुखदेखि प्रशासनका पदाधिकारीहरु दैनिक बैठकमा व्यस्त देखिन्छन् । तर त्यस्ता बैठकबाट हुन्छ चाँही के त ? यति धेरै बैठक बसेपछि मुलुक बिकासको हिसाबले निकै माथि पुग्नुपर्ने तर सधैं जहाँको त्यहीं हुने गरेको छ ।

स्रोतहरुको अनुसार कतिले त आफ्नो क्षेत्रको जवाफ दिनुपर्छ भनेर टार्नका लागि बैठकको बहाना गर्छन् भने कतिले चाहिँ बैठक बसेझैं गरेर खाजा र भत्ता पचाउने सिवाय केहि पनि गर्दैनन् । बैठकबाट महत्वपूर्ण उपलब्धि होला भनेर आशा गर्नु नै व्यर्थ हुने भुक्तभोगीहरु बताउँछन् ।

यदि सँच्चीकै बैठकका निर्णयहरु कार्यान्वयन हुन्थे भने त देश अहिले विश्वकै उत्कृष्ट देश भइसक्ने सम्बद्धहरुकै टिप्पणी रहेको नेपाल समाचारपत्रमा समाचार छ ।