राजनीति

एनसेलबारे राज्यव्यवस्था समितिको ६ बुँदे निर्देशन 




काठमाडौँ, ३ पौष । एनसेल खरिद–बिक्री प्रकरणबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्देशन दिएको छ ।  

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाइएको थियो । उक्त बैठकपछि समितिले ६ बुँदे निर्देशन दिएको हो । समितिले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिइ राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर एनसेलनबाट असुल उपर गर्न निर्देशन दिएको छ ।