काठमाडौँ, ४ पौष । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्