समाचार

पहिलो चरणको ओलम्पिक क्वालिफाइङ्ग बक्सिङ्ग प्रतियोगिता सम्पन्न



ललितपुर, ४ पौष । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा ओलम्पिक क्वालिफाइङ्गको पहिलो छनोट बक्सिङ्ग प्रतियोगिताको तेस्रो दिन फाइनल खेलहरु सात्दोबाटो बक्सिङ्ग कबर्ड हलमा बुधबार सम्पन्न भएको छ ।

महिला तर्फको खेलमा ५० केजी तोल समूहमा स्वीट बक्सिङ्ग क्लबका रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गलेस्पिलिट डिसिजनकोआधारमा जित हासिल गरिन । त्यस्तै ५४ केजी तौल समुहमा बक्समाण्डकु अञ्जनी तेलीले नेपाली सेनाका वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा पराजित गरिन ।

पुरुष तर्फको खेलमा ५१ केजी तौल समुहमा नेपाली सेनाका शुशिल थापालाई पुलिसका चन्द्र बहादुर थापाले स्पिलिट डिसिजनको आधारमा जित हासिल गरेका छन् । त्यस्तै५७ केजी तौल समुहमा भाइब बक्सिङ्ग क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गरे । त्यस्तै ७१ केजी तौल समुहमा भुपु बक्सिङ्ग क्लबका निशान गुरुङ्गलाई नेपाली सेनाका दान बहादुर दर्लामीले युनानिमस डिसिजनका ेआधारमा जित हासिल गरेको नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिए ।

यही २०२४ मा फ्रान्सको राजधानी पेरिसमा सञ्चालन हुन गइरहके ओलम्पिक गेम्सको लागि पहिलो विश्व क्वालिफाङ्ग प्रतियोगिता २०२४ अप्रील २८ देखि मार्च १२ सम्म सञ्चालन हनुेछ । हाल छनोट भएकोमहिला २ र पुरुष ३ तौल समुह मध्ये छनोट हुने उनले बताए ।