सिन्धुली, २४ असार । भूकम्प पीडितलाई लामखुट्टेबाट बच्नका लागी सिन्धुलीका झुल वितरण गरिएको छ ।
उद्धार समाज नेपालले झुल वितरण गरेको हो । कार्यक्रम सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१० को कुलोखोला गाउँमा उक्त संस्थाले झुल बितरण गरेको छ । संस्थाले गाउँका हरेक परिवारलाई दुई ओटाको दरले झुल वितरण गरेका छ । झुल पाएकोमा स्थानियबासी खुशी देखिएका छन् ।
सरकारले वास्था नगरे पनि विभिन्न संस्थाले सहयोग गरेकोमा खुशी व्यक्त गरे । स्थानिय वृद्धाले भने, ‘अब लामखुट्टे र अन्य किराबाट बचिने भईयो ।’
लामखुट्टेको टोकाईबाट विभिन्न रोगहरु लाग्ने तथा सरुवा रोग सर्ने भएकाले यसमा सजग हुनु पर्ने तथा पानी जम्ने खाल्डा खुल्डी पुर्नु पर्ने लगायतका स्वास्थ्य सम्बन्धी चेतना मूलक जानकारी गराएको छ । कार्यक्रममा अधिवक्ता रामचन्द्र श्रेष्ठले भूकम्पग्रस्त जिल्लामा गएर सहयोग गर्नु राम्रो काम गरेकोमा उद्धार समाज नेपाललाई धन्यवाद दिए ।
‘भूकम्पग्रस्त क्षेत्र सिन्धुपाल्चोक जिल्लाका नागरिकले सामाजिक सेवाको लागि संस्था संचालन गरी हाम्रो ठाँउमा आएर सहयोग गरेकोमा हामीलाई लज्जा बोध भएको छ’ उनले भने । कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधीहरुले संस्थाको सहयोगलाई कहिल्यै भुल्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्