काठमाडौँ, ६ पौष । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटघाटमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्