झापा, १३ पौष । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईलाई आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्