काठमाडौँ, १४ पौष । ६ प्रदेशका मुख्यमन्त्रीहरूले संविधान कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भट गर्ने भएका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्री शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौँ आईपुगेका हुन् ।
मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने छैनन् । कार्यव्यतताका कारण मुख्यमन्त्री शाह हेटौँडाबाट धनगढी फर्किएका छन् । संविधान अनुसार सङ्घीयता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउन ६ प्रदेशका मुख्यमन्त्री काठमाडौँ आईपुगेका हुन् ।
शनिबार बिहान ८ बजे मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्ड भेट्ने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्