मनोरञ्जन

बिनोदले ल्याए बाजेले गितार बजाको बज्यै नाच्न लजाको (भिडियोसहित)



काठमाडौं, २१ माघ । पप र र्याप म्युजिक पारखीलाई धेरै व्याख्या गरिरहनुपर्ने नाम होईन बिनोद ढकाल ।

धादिङ आरुघाटका बिनोदले हालै सार्वजनिक गरेको गीतको ‘बाजेले गिटार बजाको, बज्यै नाच्नु लजाको… गीतलाई निकै रमाईलो शैलीमा प्रस्तुत गरेका छन् । विनोदले लेखेको गीतको म्यूजिक भिडियो पनि आफैले निर्देशन गरेका छन् ।

थाईल्याण्डको समुन्द्र तटमा छायाँकन गरिएकोे भिडियोलाई अनुप गिरीले खिचेका हुन् भने शुशिल न्यौपानेले भिडियो सम्पादन गरेका छन् । रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको चर्चित गीत ‘ल है आयो आयो, तुफान यातायात ननस्टप एक्सप्रेस, मलेखु–धादिङ–आरुघाट, गाडी नं. ५८५’ ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ ड्राईभर दाईलाई स–सलाम…मा उनकै र्याप रहेको छ ।

यस्तै उनका अन्य गीतमा पनि र्याप रहेको छन् । दयाहाङ, प्रियंका र केकी अभिनित चलचित्र लालटिनमा समावेश ह्विस्की र कबवेबमा उनकै स्वर रहेको छ ।

[its_video]https://youtu.be/etS9mELBprQ[/its_video]