समाचार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २७ पौष । मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ बाँदरखोल्सीको भित्रि सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक हेटौँडा–१५ रातोमाटे बस्ने सुकदेव पाख्रिनको मृत्यु भएको हो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।