काठमाडौँ, २९ पौष । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले निजी शिक्षण संस्थाहरुलाई गुठीमा लैजाने प्रावधान हटाउनुपर्ने बताउनुभएको छ ।
शिक्षा विधेयक बारे प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको गरेको छलफलको क्रममा आईतबार विद्यार्थी संगठनका नेताहरुलाई बोलाईएको थियो । उक्त क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष बडालले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको अनुभूति भएको बताउँदै निःशुल्क शिक्षा पाउने हकको स्मरण गराउनुभयो । शिक्षण भाषाको अंग्रेजी गर्नुपर्ने विषय अंग्रेजी वा नेपाली भाषामा अध्ययपन गर्न पर्ने बताउँदै उहाँले नेपाली भाषाको निषेध गर्न खोजेको आरोप लगाउनुभयो ।
‘विधेयकको प्रस्तावनामै त्रुटि छ । निजि खोल्ने प्रोत्साहन गरेको छ, यो हटाउनु पर्छ । विद्यालय शिक्षामा निजि लगानी बन्द हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कम्पनीमा रहेका निजि शिक्षण ५/७ वर्ष तोकेर गुठिमा लैजाने प्रावधान राख्न हुन्न ।’ एसईईको खारेजी गर्न पर्ने, सरकारी सेवामा सेना प्रहरी शिक्षक सबैको छोराछोरी सामुदायिकमा पढाउन पर्ने, दात्रृ निकायको सहयोगलाई आफ्नो आवश्यकता र मौलिकतामा जोड दिएर लिने, शिक्षक नियुक्तिमा प्रतिस्पर्धाको क्षेत्रलाई खुल्ला राख्नु पर्ने लगायतका बुँदामा उहाँको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्