मनोरञ्जन

राखी सावन्तलाई पक्राउ आदेश



काठमाण्डौ, २६ असार । मुम्बई एजेन्सी– बलिउड अभिनेत्री राखी सावन्तलाई भारतको लुधियाना जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । आफूमाथि चलेको मुद्धामा जमानत रद्ध गर्दै अदालतले राखीविरुद्ध पक्राउ आदेश दिएको हो ।

उनीमाथि चलेको एउटा मुद्धामा राखीका वकिलले जमानतको माग गरेका थिए । तर अदालतमा बहसको क्रममा राखीको पक्षमा प्रमाणहरु कमजोर भएपछि थप अनुसन्धानका लागि अदालतले पक्राउको आदेश दिएको हो । बारम्बार अदालतको आदेश उल्लंघन गरेको आरोप उनीमाथि छ । यसअघि राखीलाई दिइएको जमानतको निर्णय पनि अदालतले रद्ध गरेको छ ।