राजनीति

नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद



काठमाडौँ, ५ माघ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरि छापा मार्दा घरमा २ करोड नगद फेला परेको छ । 

उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’  अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।