काठमाडौँ, ९ माघ । अखिल नेपाल फूटवल संघ एन्फाविरुद्ध बी डिभिजन क्लवहरु अहिले मोर्चाबन्दीमा लागेका छन् । गएको असोज महिनामा मध्यपुर युथ एशोशिएशनको नेतृत्वमा उच्च अदालत पाटनमा बी डिभिजन लिगको खेल गराउँन नसक्ने वर्तमान एन्फा कार्य समतिलाई साधारणसभा गराउँने अधिकार छैन भन्दै मुद्दा दर्ता गरेका थिए ।
एन्फाको वर्तमान कार्यसमिति २०७९ वैशाख पहिलो हप्तामा भएको निर्वाचनबाट आएको हो । तर उच्च अदालत पाटनले एन्फा कार्यसमितिलाई साधारणसभा गराउँन वैधानिकता दिएकाले गएको असोज २३ गते एन्फाले साधारणसभा गर्यो । एन्फाले साधारणसभा गर्नुअघि साधारणसभा गर्न अधिकार छैनभन्दै ४९ वटा बी डिभिजन क्लवले विरोध गरेका थिए । तर साधारणसभा हुँदा भने ३४ वटा जिल्ला तथा बी डिभिजन क्लवले साधारणसभा बहिष्कार गरे । एन्फाको उक्त साधारणसभाले मुद्दा दर्ता गर्ने युथ एशोशिएशन मध्यपुर क्लवलाई कारबाही गर्ने निर्णय गर्यो । तर उत्त निर्णयमा २१ जनाको वर्तमान एन्फा कार्यसमितिमध्ये मध्यपुरलाई कारबाही गर्न हुन्नभन्दै ११ जना कार्यसमिति सदस्यले नटअफ डिसेन्ट लेखे ।
तर वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग र महासचिव भने मध्यपुर युथ एशोशिएशन फूटवल क्लवलाई कारबाही गर्ने पक्षमा छन् । जवकि कार्यसमितिमै उनीहरुको बहूमत र वैधानिकता पुगेको छैन । यता मध्यपुर युथ एशोसिएसन फूटवल क्लवले भने माघ ८ गते उपत्यकाका बी डिभिजन क्लवको संयुत्त बैठक भक्तपुर जिल्लाको कौशलटार बसेर मध्यपुरलाई कारबाही गर्ने अध्यक्ष र महासचिवको अवैधानिक निर्णय फर्ता नभएसम्म एन्फाले गर्ने कुनै पनि खेल गतिविधिमा बी डिभिजन क्लवहरु सहभागी नहुने निर्णय गरेका छन् ।
एन्फा कार्यसमितिको अदुरदर्शी र अपरिपक्वका साथै अवैधानिक निर्णयले फूटवल खेलजगतमै नकारात्मक असर परेको छ । जसका कारण फूटवल खेल नै तहसनहस हुने अवस्था सिर्जना भएको छ । एन्फाले बी डिभिजन लिगका खेल गराउँन बी डिभिजनका क्लवहरुलाई हरेक वर्ष १२ लाख ५० हजार रुपैयाँ खर्च उपलब्ध गराउँनेगर्छ । तर यो कार्य समितिभन्दा अघिल्लो कार्य समितिले २०७९ साल चैत १५ गते बी डिभिजन लिगका खेल गराउँने निर्णय गरेको थियो । उक्त खेल गराउँन क्लवहरुलाई दिनुपर्ने १२ लाख ५० हजार रुपैयाँ समय दिन नसकेर खेल भएनन् भने यो वर्तमान कार्यसमिति २०७९ वैशाख पाँच गते आएपछि पनि समयमा क्लवहरुलाई खर्च पठाउँन नसक्दा खेल हुन सकेको छैन ।
वर्तमान कार्यसमितिले केही क्लवलाई पहिले खेल गराएको बाँकी बक्यौता रकम गएको असार साउन महिनामा पठायो भने केहीलाई एक हप्ता अघि मात्र पठाएको छ । तर मध्यपुर क्लवलाई भने अझै एक रुपैयाँ पनि रकम पठाएको छैन । जवकि सबै क्लवले २०७९ चैत १५ गते लिग फूटवल गराउँन भनेर आ–आफ्नो खेल तयारी र प्रशिक्षण गराउँदा एन्फा दिने १२ लाख ५० हजारभन्दा बढी रकम खर्च गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्