काठमाडौँ, ११ माघ । माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।
उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो । रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए ।










प्रतिक्रिया दिनुहोस्