काठमाडौं, २७ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा छलफलका लागि सत्तासीन कांग्रेस–माओवादीले संविधान संशोधनलाई एजेण्डा बनाएका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्न तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलाई एजेण्डा बनाएको छ।
सत्तारुढ कांग्रेस–माओवादीले भारतीय दूतावासको दवाव अनुरुप संविधान संशोधनलाई प्राथमिकता दिंदै आएका छन् भने एमालेले संक्रमणकाल छिटै अन्त्य गरी विकासको दिशामा अघि बढ्न बाँकी दुई तहका निर्वाचनलाई प्राथमिकता दिएको छ । सत्तारुढ दुई दलले संविधान संशोधन नगरी मन्त्रिपरिषद विस्तार र निर्वाचन क्षेत्र निर्धारण नगर्ने वताइरहेका छन् भने एमालेले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको वताएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्