Banner News

मैत्रीपूर्ण खेलमा नेपाल विजयी



काठमाडौँ, २७ असार । तेइस वर्षमुनि यु–२३० को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

संयुक्त अरब इमिरेट्स युएइ मा आगामी शनिबारदेखि हुने एएफसी २३ वर्षमुनि यु–२३० च्याम्पियनसीप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलको हो ।