काठमाडौँ, २४ माघ । सञ्जय लिला भंसालीको आगामी फिल्म ‘लभ एन्ड वार’मा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल देखिँदैछन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रणवीर यो फिल्ममा ग्रे अर्थात् नेगेटिभ भूमिकामा देखिनेछन् ।
घोषणा भएदेखि नै भन्सालीको ‘लभ एन्ड वार’ चर्चामा छ । यो एक्सन लभ स्टोरी हुनेछ । यसमा रणवीर कपुर ट्विस्टेड ग्रे पात्रको भूमिकामा देखिनेछन् । फिल्म निर्माता सञ्जय लीला भन्सालीले केही समय अघि देखि नै यस्तो खालको फिल्म बनाउने सोच गरिरहेका थिए ।
फिल्ममा आलिया र विक्की कौशललाई साइन गराउने उनले पहिला देखि नै सोचिसकेका थिए । फिल्ममा अहिले रणवीरलाई दिइएको भूमिकाका लागि सुहाउँदो अनुहारको खोजीमा उनी वर्षाैंदेखि थिए । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइनेछ ।
प्रतिक्रिया दिनुहोस्