Banner News

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ ।

पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ ।  फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ ।