सम्पादकीय

साहित्यिक कार्यक्रम गरी भानुजयन्ती मनाइँदै



काठमाडौं असार २९, २०७४ / नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ४ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए ।
भानु जयन्तीको अवसरमा आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधुशिक्षा’ ‘रामगीता’ तथा दर्जनौ“ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।
नेपालमा मात्र नभई अन्य देशका नेपाली भाषीले पनि भानुजयन्ती मनाउने गर्दछन् । आचार्यको विसं १९२३ असोज ६ गते निधन भएको थियो । कान्तीपुरमा समाचार छ ।