सम्पादकीय

बेलायती सेनाको आधुनिकीकरण उदाहरणीय



२९ अषाढ, २०७४ । काठमाडौं स् प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बेलायती सेनामा भइरहेको आधुनिकीकरण विश्वकै लागि उदाहरणीय रहेको बताएका छन् । औपचारिक भ्रमणका क्रममा लण्डनमा रहेका प्रधानसेनापति क्षेत्रीले बेलायती समकक्षी जनरल सर निकोलास पाट्रिक कार्टरसँगको भेटमा त्यस्तो धारणा राखेका हुन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी राष्ट्रका सेनाध्यक्षहरुको सम्मेलनमा भाग लिई प्रधानसेनापति क्षेत्री जनरल कार्टरको औपचारिक निमन्त्रणमा सोमबार अमेरिकाबाटै लण्डन प्रस्थान गरेका थिए । सेनाध्यक्ष कार्टरसहित एयरमार्सल प्रमुख सर स्टर्ट पीच र स्थल सेनाका लेफ्टिनेन्ट जनरल निकोलास पोप र गोर्खा ब्रिगेडका कमान्डरसँग पनि भेटवार्ता गरेका थिए ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जनरल कार्टरसँगको भेटमा दुई देश र दुई देशका सेनाबीचको पारस्परिक सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाएको छ । प्रधानसेनापति क्षेत्रीले बेलायति उच्च सैनिक अधिकारीहरुसँगको भेटमा आफूहरुसमेत द्वन्द्वको अन्त्यसँगै आधुनिकीकरण तर्फ उन्मूख हुँदै गएको बताएका थिए । कारोबारमा समाचार छ