राजनीति

विमानस्थल घटनाको प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ : गृहमन्त्री



काठमाडौँ, २८ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा एकदमै लज्जास्पद भएको बताएका छन् । 

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनापछि तत्काल छानबिन समिति गठन गरिएको बताए । उनले भने, “घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ,” “पहिला अपराध अनुसन्धानले छानबिन गर्‍यो, त्यसपछि काठमाडौँ परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको छ ।” 

उनले सो घटनामा कुटपिटमा संलग्नलाई पक्राउ गरिएको, असइलाई निलम्बन गरिएको र दुई प्रहरीलाई निलम्बन गरिएको बताए ।