काठमाडौँ, २९ माघ । एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ ।
खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।
दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्