समाचार

पेस्तोलसहित दुईजना पक्राउ



काठमाडौँ, ३ फागुन । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाटअबैध हातहतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका दुई जनालाई खानतलासी गर्दा एकजनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको हो ।

पक्राउ पर्नेमा बर्दघाट १३ बस्ने अजय अहिर र उनीसँगै रहेका सोही ठाउँकै कमल चौधरी रहेकाे प्रहरीले जनाएको छ । अजयको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाइएको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट बुधबार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।