Banner News

माओवादीको विधान अधिवेशनमा प्राय सबै समूहको नाम फेर्ने सुझाव



काठमाडौ ३ फागुन। नेकपा माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि २० वटै समूहले छलफलबाट सुझाव दिएका छन्। काठमाण्डौमा मङ्गलवारबाट सुरु भएको अधिवेशनमा अब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठेका प्रश्नमाथि जवाफ दिनेछन्।आज ७ वटा समूहले विधानमाथि सुझाव दिएका हुन्। हिजो १३ समूहले सुझाव राखेका थिए।

बैठकमा समूहगत सुझाव राख्दै नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव राखे। उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने बताए।

अर्का नेता सुमन देवकोटाले संघीयताको मर्मअनुसार विधान तयार गर्नुपर्ने बताए। माओवादीमा अहिले पार्टीको नाम फेर्नुपर्नेदेखि चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ।

२० समूहबाट आएको सुझावको आधारमा माओवादीले विधानलाई पूर्णता दिनेछ। यो विधान आगामी विशेष महाधिवेशनबाट कार्यान्वयन गर्ने माओवादीको तयारी छ।