समाचार

आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या



रौतहट, ३ फागुन । रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन् ।

 बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए । गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको छ । मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।