काठमाडौँ, ४ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ ।
त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ ।
समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता हुने छ ।
दिउँसो १ बजेदेखि नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्